आर्नोल्ड विश्वकै उत्कृष्ट राइट ब्याक बन्न सक्छन् - नेभिल
मंगलबार, १८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड विश्वकै उत्कृष्ट राइट ब्याक बन्न सक्ने बताएका छन् ।
२३ वर्षीय राइट ब्याक पछिल्लो समय उच्च लयमा देखिएका छैनन् । जसको कारण उनको आलोचना भईरहेको छ ।
आर्नोल्ड नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टोलीमा अटाएका थिए । तर, उनी इटालीविरुद्ध खेलेका थिएनन् । जर्मनीविरुद्ध खेल्ने टोलीमा उनी अटाएका थिएनन् ।
'मैले यो देशमा देखेको कुनै पनि फुल ब्याक उसले गर्न सक्ने काम गर्न सक्दैन्,' नेभिलले भने ।
'यदि उसले ती आधारभूत रक्षात्मक कुरामा काम गर्न सक्छ र स्थिरता प्राप्त गर्न सक्छ भने हामीसँग यो देशले उत्पादन गरेको सबैभन्दा राम्रो आक्रमण गर्ने राइटब्याकहरू मात्र हुनेछैन', नेभिलले भने, 'हामीसँग सम्भवतः विश्वको सबैभन्दा राम्रो राइट-ब्याक हुनेछ ।'
आर्नोल्ड विश्वकै उत्कृष्ट राइट ब्याक बन्न सक्छन् - नेभिल










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)