काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनको अन्त्यपछि सन्यास लिने घोषणा गरेको मियामीले जनाएको छ ।
अर्जेन्टिनाका हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।
३४ वर्षीय हिगुईनले चार सिजन युभेन्ट्समा बिताएर मियामी आएका थिए ।

सन् २०१६ मा नापोलीबाट युभेन्ट्स आएका उनले १ सय ४९ खेलमा ६६ गोल गरेका थिए।
रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका हिगुईनले युभेन्ट्सबाट ३ सिजन सिरी ए र दुई पटक कोपा इटालिया जितेका थिए ।
रियल लागि उनले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए ।
हिगुईनले चेल्सीका लागि समेत खेलेका थिए ।
हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् ।
अर्जेन्टिनाका लागि ७५ खेलमा ३१ गोल गरेका थिए ।