काठमाडौं । इंग्लिस क्लब आर्सनलका डिफेन्डर विलियम सालिबाले क्लबसँगको सम्झौता नवीकरण गर्ने संकेत गरेका छन् ।
फ्रेन्च डिफेन्डर सालिबाले आफु आर्सनलमा खुशी रहेको बताउँदै सम्झौता नवीकरण गर्ने संकेत गरेका छन् ।
उत्तरी लन्डन डर्बी खेलपछि पत्रकारहरूले नयाँ सम्झौताको बारेमा प्रश्न गर्दा सालिबाले भने, 'हामी हेर्नेछौं । उनीहरूले थोरै कुरा गरेका छन् । हामी हेर्नेछौं। मैले पहिलो मिनेटदेखि अन्त्यसम्म रमाइलो गरे र म धेरै खुसी छु ।'
शनिबार भएको डर्बीमा आर्सनलले टोटेनहमलाई ३-१ ले हराएको थियो ।
सेन्टर डिफेन्डर सालिबाको आर्सनलसँगको सम्झौता २०२४ सम्म रहेको छ ।
उनी २०१९ मा आर्सनल आएका थिए ।
गत सिजन उनले फ्रेन्च क्लब मार्सेबाट लोनमा खेलेका थिए ।