काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टोलीमा विश्वासको कमी देखिएको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर सिटीसँग पराजित भएपछि हागले टोलीमा विश्वासको कमी भएको बताएका हुन् ।
सिटीको मैदानमा भएको खेलमा युनाईटेडले ६-३ गोलको लज्जास्पद हार व्यहोरेको थियो ।
'जब तपाई पिचमा विश्वास गर्नुहुन्न । तपाईले खेलहरू जित्न सक्नुहुन्न,' हागले भने ।
सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड र फिल फोडेनले ह्याट्रिक गरेका थिए । युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई र एन्टोनीले एक गोल गरेका थिए ।
'यो एकदम सरल छ । यो विश्वासको कमी हो । यो अस्वीकार्य छ । हामी नियमहरू पालना गर्दा अनुशासनहीन भयौं र त्यो भयो,' उनले थपे ।
युनाईटेडले पहिलो हाफमै चार गोल खाएको थियो ।