युभेन्ट्सको सहज जित
सोमबार, असोज १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई ३-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा फिलिप कोस्टिक, डुसन भाल्होभिच र आर्काडीसुज मिलिकले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा कोस्टिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
५९ औं म्मिनेत्म्मा डुसनले युभेन्ट्सको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा मिलिकले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ८ खेलमा १३ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
बोलोग्ना ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
युभेन्ट्सको सहज जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
