उल्भ्सद्वारा मुख्य प्रशिक्षक बर्खास्त
आइतबार, १६ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले मुख्य प्रशिक्षक ब्रुनो लागेलाई बर्खास्त गरेको छ ।
उल्भ्सले आइतबार मुख्य प्रशिक्षक ब्रुनोलाई बर्खास्त गरेको हो ।
प्रिमियर लिग अन्तर्गत शनिबार उल्भ्स वेस्ट ह्यामसँग २-० ले पराजित भएको थियो ।
उल्भ्स यस सिजन रेलिगेसन जोनमा रहेको छ ।
पोर्चुगिज प्रशिक्षक १६ महिनापछि बर्खास्तमा परेका हुन् ।
ब्रुनोको नेतृत्वमा उल्भ्सले १५ खेलमा १ जित र ९ हार व्यहोरेको छ ।
उल्भ्सद्वारा मुख्य प्रशिक्षक बर्खास्त














