निर्णायक खेलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली पाकिस्तान र इंग्ल्यान्डबीचको अन्तिम तथा सातौं टी-ट्वान्टी आज आइतबार हुँदैछ ।
लाहोरमा हुने पाकिस्तान र इंग्ल्यान्डबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
पाकिस्तान र इंग्ल्यान्डबीचको सिरिजको यो निर्णायक खेल हो । त्यसैले दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउन चाहन्छ ।
७ खेलको सिरिज ३-३ को बराबरीमा रहेको छ । यस्तोमा यस खेल विजेताले सिरिज आफ्नो बनाउनेछ ।
यस अघि पाकिस्तानले दोस्रो, चौंथो र पाँचौं खेल जितेको थियो ।
इंग्ल्यान्डले पहिलो, तेस्रो र छैटौं खेल जितेको थियो ।
निर्णायक खेलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै













