डर्बी भिडन्तमा सिटी र युनाईटेड भिड्दै
आइतबार, असोज १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार म्यानचेस्टर डर्बी भिडन्त हुँदैछ ।
डर्बी भिडन्तमा सिटीले घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको टोलीविरुद्ध दबाब कायम राख्न चाहन्छ ।
सिटी ७ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको आर्सनलको २१ अंक रहेको छ ।
युनाईटेड १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । युनाईटेड सिटीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
अर्को खेलमा लिड्स युनाईटेड र एस्टन भिल्लाबीच खेल हुनेछ ।
डर्बी भिडन्तमा सिटी र युनाईटेड भिड्दै






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
