काठमाडौं । रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।
शनिबार राति लेवान्डोस्कीकै गोलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले हराएको हो ।
खेलको २० औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि विजयी गोल गरेका थिए ।
लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् । उनी गत समरमा बायर्न म्युनिखबाट बासिलोना आएका हुन् ।
बार्सिलोनाले यस सिजन ६ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । बार्सिलोनाको प्रतिद्धन्दी रियल मड्रिडले सतप्रतिशत जित हासिल गरेको छ ।
जितसँगै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १९ अंक जोडेको छ । मालोर्का ८ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
आईतबारको खेलमा ओसासुनामाथि जित निकालेको खण्डमा रियल मड्रिड सतप्रतिशत जित सहित पुन शीर्ष स्थानमा उक्लिनेछ ।