इन्टरमाथि रोमाको जित
शनिबार, असोज १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले इन्टर मिलानलाई हराएको छ ।
शनिबार राति भएको खेलमा रोमाले इन्टरलाई २-१ गोल अन्तरले हराएको हो।
रोमाले सुरुआती एक गोलको अग्रता उल्टाएर इन्टरलाई हराएको हो ।
खेलको ३० औं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ३९ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै रोमालाई २-१ को जित दिलाए ।
जितसँगै रोमाले ८ खेलमा १४ अंक जोडेको छ ।
रोमा चौंथो स्थानमा रहेको छ ।
इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा शीर्ष स्थानको नापोलीले टोरिनोलाई ३-१ ले हराएको छ ।
इन्टरमाथि रोमाको जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

