चेल्सीको पुनरागमन जित
शनिबार, असोज १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।
क्रिस्टल ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
चेल्सीको पुनरागमन जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

