काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा मार्सेले एन्जर्सलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा मार्सेले ३-० गोलको जित निकालेको हो ।
खेलको ३५ औं मिनेटमा जोनाथनले गोल गर्दै मार्सेलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा गेर्सनले गोल गर्दै मार्सेलाई ३-० को जित दिलाए ।
जितसँगै मार्से शीर्ष स्थानमा उक्लिएको छ ।
मार्सेले ९ खेलमा २३ अंक जोडेको छ ।
मार्से पीएसजी भन्दा एक अंकले अघि रहेको छ ।
एन्जर्स ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।