बिल्बाओको सहज जित
शनिबार, १५ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बिल्बाओले अल्मेरियालाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको दशौँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा ओहान सान्केटले गोल गरेपछि बिल्बाओ २-० ले अघि रह्यो ।
खेलको ६२ औं मिनेटमा निको विलियम्सले गोल गरेपछि बिल्बाओको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मिकेल भेस्गाले गोल गर्दै बिल्बाओलाई ४-० को जित दिलाए ।
जितसँगै बिल्बाओ तेस्रो स्थानमा उक्लिएको छ ।
बिल्बाओले ७ खेलमा १६ अंक जोडेको छ ।
अल्मेरिया ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
बिल्बाओको सहज जित







-1768893498186.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)



