काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेल बायर्नले बायर लिभरकुसेनलाई ४-० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा मुसिआलाले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए ।

खेलको ३९ औं मिनेटमा मानेले गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।
यस जितसँगै बायर्नले ८ खेलमा १५ अंक जोडेको छ ।
बायर्न दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरकुसेन ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
