काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोन स्टोन्स दुई हप्ता मैदान बाहिर रहने भएका छन् ।
चोटको कारण डिफेन्डर स्टोन्स दुई साता मैदान बाहिर रहने भएका हुन् ।
इंग्ल्यान्डको टोलीमा रहदा उनले ह्याम्स्ट्रिङ चोट बोकेको बताईएको छ ।
२८ वर्षीय डिफेन्डर नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्धको खेलको ३७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
'मलाई थाहा छैन उनी कहिले फर्कने छन् । तर, मलाई लाग्छ सायद १० दिन वा २ हप्ता,' सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले भने ।
प्रिमियर लिगमा सिटीले आइतबार डर्बी भिडन्तमा म्यानचेस्टर युनाईटेडसँग खेल्दैछ ।