काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले अष्ट्रेलियाका युवा फरवार्ड गाराङ कोउललाई अनुबन्ध गरेको छ ।
न्युकासलले अष्ट्रेलियन ए लिग क्लब सेन्ट्रल कोस्ट मरिनर्सबाट अनुबन्ध गरेको हो ।
१८ वर्षीय फरवार्ड कोउल २०२३ को जनवरीबाट न्युकासलमा आबद्द हुने छन्।
इजिप्टमा जन्मिएका कोउलको परिवार शरणार्थीको रुपमा अष्ट्रेलिया प्रवेश गरेका थिए ।
कोउलले गत हप्ता न्युजिल्याण्डविरुद्धको खेलबाट अष्ट्रेलियाका लागि डेब्यु गरेका थिए ।