आर्सनलका एमिल २ महिना मैदान बाहिर
शुक्रबार, १४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर एमिल स्मिथ रो कतिमा २ महिना मैदान बाहिर रहने भएका छन् ।
ग्रोईन चोटको शल्यक्रिया गरेपछि उनी कम्तिमा २ महिना मैदान बाहिर रहने भएका हुन् ।
आर्सनलले एक विज्ञप्ति निकाल्दै एमिल आगामी डिसेम्बरसम्म मैदान बाहिर रहने जनाएको छ ।
२२ वर्षीय मिडफिल्डरको गत हप्ता लण्डनमा शल्यक्रिया भएको बताईएको छ ।
उनको शल्यक्रिया सफल भएको आर्सनलले जनाएको छ ।
मिडफिल्डर एमिल विश्वकप खेल्ने इंग्ल्यान्डको टोलीका लागि बन्द प्रशिक्षणमा परेका थिए ।
तर, उनले अब विश्वकप गुमाउने छन् ।
आर्सनलका एमिल २ महिना मैदान बाहिर







-1768893498186.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)



