काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टन किन्न अमेरिकी कम्पनी केएएम स्पोर्ट्स समूहले अझै चाँसो देखाएको छ ।
एभर्टन किन्नको लागि केएएम स्पोर्ट्सले वार्ताका लागि कार्यदल समेत गठन गरेको थियो ।
तर, एभर्टनका मालिक फरहाद मोसिरीले क्लब बिक्रीको लागि नभएको बताउँदै आएका छन् ।
एभर्टनका मालिक मोसिरीले समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब बिक्रीका लागि नराखिएको बताएका थिए ।
यद्दपी, केएएम स्पोर्ट्स एक्लै एभर्टन किन्नका लागि वार्ता जारी राखेको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
सन् २०१६ मा पहिलो पटक क्लबको शेयर किन्दा मोसिरीले एभर्टनमा ६०० मिलियन पाउण्डभन्दा बढी लगानी गरेका छन् । उनले जनवरीमा आफ्नो शेयर ९४.१% मा बढाएका थिए ।
पछिल्लो समय घाटामा रहेको छ । पछिल्लो तीन सिजन ३७२ मिलियन पाउण्ड घाटामा रहेको छ ।
गत सिजन एभर्टन प्रिमियर लिगबाट मुश्किलले रेलिगेसनबाट बचेको थियो ।