कैलाली । गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ ।
बिहीबार धनगढी रंगशालामा भएको सेमिफाईनल खेलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो।
लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि भिडन्त शनिबार हुनेछ ।
पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।