बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

साफ उपविजेता टिमलाई प्राइम सेरामिक्सको सम्मान

बिहिबार, असोज १३, २०७९खेलपाटी संवाददाता
साफ उपविजेता टिमलाई प्राइम सेरामिक्सको सम्मान
Classic Tech Internet Ad

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपालको १७ वर्षमुनिको टिमका खेलाडीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। 

बिहीबार ललितपुरमा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे। 

उमेर समूहको साफ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको थियो।

दक्षिण एसियाका ६ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपालले भारतसँग हार व्यहोरेको थियो। सोही टिम भियतनाममा हुने अन्डर १७ एसियन कप छनोटमा सहभागी हुँदैछ। 

प्राइम सेरामिक्सका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

'यो टिमका सबै खेलाडी प्रतिभावान् देखिएका छन्। श्रीलंकामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे। उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ। आसा छ भियतनाममा हुने एसियन कप छनौटमा पनि नेपाली टिमको प्रदर्शन राम्रो हुनेछ। यो समग्र टिमको यात्रामा हामी पनि सँगसँगै छौँ। भियतनामबाट फकिएपछि हाम्रो भेट हुनेनै छ।' अग्रवालले भने।

अग्रवालले साफ अन्डर १७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई नगद पुरस्कार पाँच–पाँच हजारले सम्मान गरेका हुन्। उनले भविष्यमा नेपाली युवा टिम मात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गर्न इच्छुक रहेको बताए।
 
नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टिम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे।

'व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो। यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ ।' श्रेष्ठले भने।

कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाए।

‘यो टिम प्रतिभाशाली भएकोमा शंका छैन। तर प्रतिभा भएर मात्र पुग्दैन। सकारात्मक मनोवृत्तिको आवश्यकता पर्छ। आत्मविश्वास चाहिन्छ। जस्तो सुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ। यसकारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ ।' शाहीको भनाइ थियो। 

टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाए मात्र उनी सफल हुने शाहीको बताए ।

'उर्जन खेलाडीका रूपमा प्रमाणित भइसकेका छन्। अब प्रमाणित हुने पालो प्रशिक्षणमा हो। टिमको प्रदर्शन राम्रो भए मात्र उनी सफल ठहरिनेछन्। उनलाई सफल बनाउने खेलाडीले हो। यसकारण सबै खेलाडीले देशका लागि, आफ्नो टिमका लागि, प्रशिक्षकका लागि खेल्नुपर्छ ।' शाहीले भने। 

टिमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए। उनले श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे। 

नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’मा परेको छ। यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ। समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन्। 

नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।
 

Bajaj Pulsar Motorcycle Ad
#साफ उपविजेता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि