काठमाडौं । डेनमार्कले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा शोक रंगको जर्सी लगाउने भएको छ ।
आयोजक कतारले मानवअधिकार हनन गरेको र आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारको विरोध स्वरूप डेनमार्कले ‘टोन्ड डाउन’ जर्सी लगाउने भएको हो ।
डेनमार्कको जर्सी उत्पादक कम्पनी हुमेलले शोक रंगको जर्सी डिजाइन गरेको छ ।
‘हामी डेनिस राष्ट्रिय टोलीलाई समर्थन गर्छौं तर कतारलाई आयोजक राष्ट्रको रूपमा समर्थन गर्नु होइन,’ हुमेलले भनेको छ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ ।