धनगढी । गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।
धनगढीमा बुधबार सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम दुईमा पुगेको हो । हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो । रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो । आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ ले हराएको हो ।
प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ । प्रतियोगिता अन्तर्गत अब एक मात्रै सेमिफाईनल हुनेछ । भोली हुने सेमिफाईनलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।