पाँचौं सरावल अध्यक्ष कप फुटबल हुने
बुधबार, असोज १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नवलपरासीमा पाँचौं संस्करणको सरावल अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सरावल गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिता असोज १५ गतेबाट सुरु हुनेछ ।
श्री बसन्त युथ क्लबको सह-आयोजना तथा व्यवस्थापनमा आयोजना हुने प्रतियोगिता बसही रंगशालामा हुनेछ ।
प्रतियोगिताका विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ पाउने छन् ।
उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
यस प्रतियोगिता नवलपरासी जिल्लाकै दोस्रो सर्वाधिक धनराशीको हो ।
पाँचौं सरावल अध्यक्ष कप फुटबल हुने







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



