नेसन्स लिग : फाइनल्स पुग्ने ४ टोलीको टुंगो
बुधबार, असोज १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स पुग्ने चार टोलीको टुंगो लागेको छ ।
मंगलबार राति पोर्चुगललाई हराएर स्पेनले फाइनल्समा स्थान बनाएसँगै ४ टोलीको टुंगो लागेको हो ।
नेसन्स लिगको फाइनल्समा यस पटक स्पेनसँगै इटाली, नेदरल्यान्ड्स र क्रोएसियाले खेल्ने छन् ।
पहिलो संस्करणको विजेता पोर्चुगल र साविक विजेता फ्रान्सले यस पटक फाइनल्समा स्थान बनाउन सकेनन् ।
लिग ए को समूह १ बाट क्रोएसियाले फाइनल्समा स्थान बनाएको हो । स्पेनले समूह २, इटालीले समूह ३ र नेदरल्यान्ड्सले समूह ४ बाट फाइनल्समा स्थान बनाएको हो ।
नेसन्स लिगको फाइनल्स खेलहरु २०२३ को जुनमा हुनेछ । खेल स्थल भने तय भएको छैन ।
नेसन्स लिग : फाइनल्स पुग्ने ४ टोलीको टुंगो







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



