काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीलाई मन्त्री गहतराजले बधाई दिएका हुन् ।
सामाजिक संजालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै मन्त्रीले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् ।
नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्रीले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिएका थिए ।
जितको सेलिब्रेशन गरीरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री गहतराजले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगायतका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए ।
प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाएका थिए । मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको थियो ।