मेस्सी चम्कदा अर्जेन्टिनाको सहज जित
बुधबार, १२ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे ।
जुलियन अल्भारेजले एक गोल गरे ।
खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए।
मेस्सी चम्कदा अर्जेन्टिनाको सहज जित













