राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा गरिदिने भएको छ ।
त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन् ।
विमाको अवधि १ महिना रहेका छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।
राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)


%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)