अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी
मंगलबार, ११ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गर्दै अन्जन छैटौं खेलाडी बनेका हुन्।
अन्जनले खेलको १८, २७ र ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् ।
अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी













