नवौं राष्ट्रिय खेलकुद : उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीबाट हुने
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।
नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो ।
यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।
नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ।
नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।



नवौं राष्ट्रिय खेलकुद : उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीबाट हुने







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)


%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)