धनगढी । धनगढीमा जारी चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।
फाप्ला मैदानमा हुने खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम निलो भिड्दै छन् । खेल ठिक ४ बजे सुरु हुने आयोजक पीएफए स्पोर्ट्स क्लब अत्तरियाले जानकारी दिएको छ ।
दुबै टोली आफ्नो पहिलो खेलमा जित हासिल गर्दै अगाडी बढ्न चाहन्छन ।
यसअघि सोमबार हुने खेलमा दुई टोली बागमती प्रदेश र प्रदेश १ अनुपस्थित भएपछि आयोजकले समूह 'ए' बाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रातोबीचको विजेता फाइनलमा प्रवेश गरेको जनाएको छ । जस अनुसार कर्णाली सिधै फाइनल पुगेको छ ।
प्रतियोगिताको फाइनल खेल असोज १५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।