काठमाडौं । इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले हराउँदै इटाली फाइनल्समा पुगेको हो ।
इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।
यस जितसँगै लिग ए समूह ३ बाट इटालीले फाइनल्सममा स्थान बनाएको हो ।
इटालीले ६ खेलमा ११ अंक जोड्यो । र,शीर्ष स्थानमा रह्यो ।
हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।