धनगढी । धनगढीमा जारी चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल अन्तर्गत सोमबार तय भएको खेल स्थगित भएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार प्रदेश-१ र बाग्मती प्रदेशबीच खेल हुने तालिका थियो । तर, दुबै टिम अनुपस्थित भएपछि सेमिफाइनल खेल स्थगित गरिएको आयोजक पिएफए क्लबले जनाएको छ ।
दुबै टिमका खेलाडी मंगलबार हुने नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा रहेको कारण टिम अनुपस्थित भएको आयोजकले जनाएको छ ।
दुई टोली अनुपस्थित भएपछि आयोजकले समूह 'ए' बाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रातोबीचको विजेता फाइनलमा प्रवेश गरेको जनाएको छ । जस अनुसार कर्णाली सिधै फाइनल पुगेको छ ।
प्रतियोगिताको फाइनल खेल असोज १५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
