• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
नवौंमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश-१ को उद्देश्य
खेलपाटी संवाददाता
सोमबार, असोज १०, २०७९ खेलपाटी संवाददाता
नवौंमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश-१ को उद्देश्य

काठमाडौं ।  प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ ।

त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चयाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरु विभागीय क्लबहरुमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पुर्वका खेल पदाधिकारीहरुको छ ।  

सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन ।

नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश एकको तालिकामा फड्को मार्ने दाउ छ ।

प्रदेश नम्वर एक खेलकुद विकास परिषदका सदस्य सचिव हंसराज वाग्ले भन्छन्, 'विभागिय टोली र बाग्मती पछि पाँचौ वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ।'

राष्ट्रियमा सहभागिता -

प्रदेश एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ ।
त्यसका लागि ७ सय भन्दा वढी खेलाडीहरु दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तह सम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यहि असोज ८ गते  विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।

पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास,  आर्चरी जस्ता खेलहरुमा प्रदेश नम्वर एक राम्रो रहेको पदाधिकारीहरु बताउछन् ।

समुहगत खेलमा फुटबल र भलिवलमा हामी कडा चुनौती पेश प्रदेशको दावी छ ।

कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एक देखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

सदस्य सचिव वाग्ले भन्छन्, 'नवौंको उद्घाटनअगाडि नै हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडी शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं।'

वजेट र सुविधा-

देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत राष्ट्रिय प्रतियोगिता हो । खेलकुदविकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको  हो ।

सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको वजेट विनियोजन गरेको छ ।
अन्य प्रदेश भन्दा फरक १ नम्बरले जिल्लातहको छनोट देखि नै खेलाडीहरुलाई ट्रयाक शुट वितरण गरेको थियो ।
छनोटमा सहभागि सबै खेलाडीहरुलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो ।

सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्री देखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

चुनौती -

राष्ट्रिय खेलकुद परिषदले निश्चित समय सीमा तोकेर सहभागि सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरेपनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।

त्यसका लागि खेल स्थलहरुको खरावस्थिति र प्रदेश खेलकुदको नीतिहरु राम्ररी तयार हुन नसकेकोले पनि देखिएको   हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो ।

राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाई भएको उनको भनाई छ । यी चुनौतीहरु पार गर्दै अन्तत प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP