सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौंमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश-१ को उद्देश्य

सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता
नवौंमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश-१ को उद्देश्य
Loading ad...
mustang rice ad

काठमाडौं ।  प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ ।

त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चयाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरु विभागीय क्लबहरुमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पुर्वका खेल पदाधिकारीहरुको छ ।  

सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन ।

नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश एकको तालिकामा फड्को मार्ने दाउ छ ।

प्रदेश नम्वर एक खेलकुद विकास परिषदका सदस्य सचिव हंसराज वाग्ले भन्छन्, 'विभागिय टोली र बाग्मती पछि पाँचौ वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ।'

राष्ट्रियमा सहभागिता -

प्रदेश एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ ।
त्यसका लागि ७ सय भन्दा वढी खेलाडीहरु दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तह सम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यहि असोज ८ गते  विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।

पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास,  आर्चरी जस्ता खेलहरुमा प्रदेश नम्वर एक राम्रो रहेको पदाधिकारीहरु बताउछन् ।

समुहगत खेलमा फुटबल र भलिवलमा हामी कडा चुनौती पेश प्रदेशको दावी छ ।

कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एक देखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

सदस्य सचिव वाग्ले भन्छन्, 'नवौंको उद्घाटनअगाडि नै हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडी शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं।'

वजेट र सुविधा-

देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत राष्ट्रिय प्रतियोगिता हो । खेलकुदविकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको  हो ।

सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको वजेट विनियोजन गरेको छ ।
अन्य प्रदेश भन्दा फरक १ नम्बरले जिल्लातहको छनोट देखि नै खेलाडीहरुलाई ट्रयाक शुट वितरण गरेको थियो ।
छनोटमा सहभागि सबै खेलाडीहरुलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो ।

सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्री देखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

चुनौती -

राष्ट्रिय खेलकुद परिषदले निश्चित समय सीमा तोकेर सहभागि सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरेपनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।

त्यसका लागि खेल स्थलहरुको खरावस्थिति र प्रदेश खेलकुदको नीतिहरु राम्ररी तयार हुन नसकेकोले पनि देखिएको   हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो ।

राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाई भएको उनको भनाई छ । यी चुनौतीहरु पार गर्दै अन्तत प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।

Loading ad...
LiNing Ad
नवौंमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश-१ को उद्देश्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी