काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् ।
नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिईएको छ ।
बंगलादेशविरुद्धको खेल अघि सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तानको रुपमा किरण उपस्थित थिए ।
यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।
किरण बंगलादेशविरुद्धको खेलबाट टोलीमा फर्किएका हुन् ।