काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्ने भएको छ।
एक्सन स्पोर्ट्सले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण प्रत्यक्ष प्रशारण गरिने जनाएको छ।
दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल भोलि मंगलबार हुनेछ ।
खेल नेपाली समय अनुसार बेलुका ५:३० बजे सुरु हुनेछ ।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।