ब्राजिलियन मिडफिल्डर एलन युएईको क्लबमा
सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलियन पूर्व मिडफिल्डर एलनले प्रिमियर लिग क्लब एभर्टन छाडेका छन् ।
३१ वर्षीय मिडफिल्डर एभर्टन छाडेर युएईको क्लब अल-वहदामा अनुबन्धित भएका छन् ।
युएईको प्रो लिग क्लबसँग उनले २ वर्षको सम्झौता गरेका छन् ।
एलन २०२० मा नापोलीबाट एभर्टन आएका थिए ।
उनले एभर्टनका लागि ५२ प्रिमियर लिग खेलेका थिए ।
उनले यस सिजन मैदान उत्रन पाएका थिएनन् ।
ब्राजिलियन मिडफिल्डर एलन युएईको क्लबमा













