क्रोएसियाको सहज जित
सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेल क्रोएसियाले अष्ट्रियालाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको छैटौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
नवौं मिनेटमा क्रिस्टोफले गोल गर्दै अष्ट्रियालाई १-१ गोलको बराबरीमा ल्याए ।
६९ औं मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा डेजान लोभ्रेनले गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए ।
यस जितसँगै लिग ए समूह १ को क्रोएसियाले ६ खेलमा १३ अंक जोडेको छ ।
क्रोएसियाले नेसन्स लिगको फाइनल्समा स्थान पक्का गरेको छ ।
अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहदै रेलिगेसनमा परेको छ ।
क्रोएसियाको सहज जित






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
