वेल्स रेलिगेसनमा
सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोल्याण्डले वेल्सलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई १-० ले हराएको हो ।
पोल्याण्डको जितमा कारोल स्विडेर्सकीले निर्णायक गोल गरे ।
खेलको ५८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा उनले गोल गरे ।
यस जितसँगै पोल्याण्डले रेलिगेसनको खतरा टारेको छ ।
लिग ए समूह ४ को पोल्याण्ड ६ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
वेल्स लिग 'ए' बाट रेलिगेसनमा परेको छ ।
वेल्स १ अंक जोडेर पुछारमा रह्यो ।
वेल्स रेलिगेसनमा






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
