काठमाडौं । नेदरल्यान्ड्स यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत आइतबार राति बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स फाइनल्समा पुगेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन भिर्गिल भान डाइकले निर्णायक गोल गरे ।
खेलको ७३ औं मिनेटमा डाइकले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै नेदरल्यान्ड्सले १५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
लिग ए समूह ४ को नेदरल्यान्ड्सले ६ खेलमा १६ अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रह्यो ।
बेल्जियम १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।