काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले फ्रान्सलाई हराएको छ ।
आइतबार राति भएको खेलमा डेनमार्कले फ्रान्सलाई २-० गोल अन्तरले हराएको हो ।
डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई २-० को जित दिलाए ।
यस जितसँगै लिग ए समूह १ को डेनमार्कले ६ खेलमा १२ अंक जोडेको छ ।
डेनमार्क समूहको दोस्रो स्थानमा रहेको छ ।
फ्रान्स ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।