नवौंका लागि गण्डकीबाट सर्वाधिक ७०२ खेलाडीको नाम दर्ता
आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबारसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ ।
राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउदै छन् ।
नेपाल आर्मीले ६ सय ७३, एपीएफले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले जनाएका छन् ।
त्यस्तै बागमती प्रदेशले ४ सय ३०, प्रदेश १ ले ३ सय ७१, मधेश प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशले १ सय २३ खेलाडीको नामवली दर्ता गराएको छ ।
नवौं राष्ट्रिय खेलकुद










-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)




