काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेड र नेपाल स्पोर्ट्स फेलिसिपबीच सहकार्यका लागि सम्झौता भएको छ ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले आइतबार ललितपुरस्थित भेल्पामा रहेको नेपाल स्पोर्ट्स फेलोसिपसँग सम्झौता गरेको हो ।
चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई र नेपाल स्पोर्ट्स फेलोसिपका अध्यक्ष पृथ बहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल स्पोर्ट्स फेलिसिपले लिग वा अन्य खेलमा सहभागिता जनाउन अघि अभ्यासका लागि नि शुल्क खेल मैदान उपलब्ध गराउने छ ।

यस्तै फेलिसिपले आफ्नो विज्ञापनका लागि चर्च ब्वाइजका खेलाडी प्रयोग गर्न पाउने छ ।
चर्च ब्वाइजले आफ्नो जर्सीमा फेलोसिपको लोगो समावेश गर्ने छ र क्लबले फोटो-भिडियोहरुमा, होर्डिब बोर्डहरुमा, स्टेजहरुमा फेलोसिपको लोगो समावेश गर्ने छ ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।