खेलकुद सचिव रेग्मीको सरुवा
आइतबार, असोज ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युुवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीको सरुवा गरिएको छ । सरकारले खेलकुद मन्त्रालयका सचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेको हो ।
खेलकुद मन्त्रालयको नयाँ सचिवमा सुर्यप्रसाद गौतमलाई सरुवा गरिएको हो । गौतम यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव रहेका थिए ।
शुक्रबारको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले केहीदिन अघि मात्र ७ सचिवको सरुवा गरेको थियो ।
#खेलकुद सचिव









-1762997834781.jpeg&w=3840&q=75)






