काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा सर्बियाले स्विडेनमाथि जित निकालेको छ ।
समूह चरण अन्तर्गत शनिबार राति सर्बियाले स्विडेनलाई ४-१ गोल अन्तरले हराएको हो ।
एलेक्सान्डर मिट्रोभिचले ह्याट्रिक गरेपछि सर्बियाले सहज जित निकालेको हो ।
खेलको १५ औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै स्विडेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
मिट्रोभिचले १८ औं मिनेटमा गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा मिट्रोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए ।
खेलको ४८ औं मिनेटमा मिट्रोभिचले ह्याट्रिक पूरा गर्दा सर्बिया ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ७० औं मिनेटमा सासाले गोल गर्दै सर्बियालाई ४-१ को जित दिलाए ।
जितसँगै लिग बी को समूह ४ को सर्बियाले ५ खेलमा १० अंक जोडेको छ ।
सर्बिया दोस्रो स्थानमा रहेको छ ।
स्विडेन ३ अंक जोडेर पुछारमा रहेको छ ।