काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नर्वे पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नर्वेलाई स्लोभानियाले २-१ गोल अन्तरले हराएको हो ।
खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा नर्वे पराजित भएको हो ।
खेलको ४७ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले गोल गर्दै स्लोभानियालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए ।
हारका बाबजुत लिग बी समूह ४ को नर्वे शीर्ष स्थानमा रहेको छ ।
नर्वेले ५ खेलमा १० अंक जोडेको छ ।
स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।