स्पेन घरेलु मैदानमै पराजित
आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ ।
समूह चरण अन्तर्गत शनिबार राति स्पेनलाई स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले हराएको हो ।
स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको हो ।
खेलको २१ औं मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई २-१ को जित दिलाए ।
स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।
यस हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।
स्पेन दोस्रो स्थानमा रहेको छ ।
स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
स्पेन घरेलु मैदानमै पराजित







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

