मेस्सी चम्कदा अर्जेन्टिनाको सहज जित
शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । लाउटरो मार्टिनेजले एक गोल थपे ।
खेलको १६ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
मेस्सी चम्कदा अर्जेन्टिनाको सहज जित







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

