ब्राजिलको सहज जित
२०२२ सेप्टेम्बर २४, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ ।
शनिबार भएको मैत्रीपूर्णमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे ।
खेलको नवौं मिनेटमा मार्क्विन्होसको गोलबाट ब्राजिलले सुरुआती अग्रता बनाएको थियो ।
२८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।
ब्राजिलको सहज जित