उपाधिका लागि मोरङ र सुनसरी भिड्ने
शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट अन्तर्गत प्रदेश १ को पुरुष फुटबलको उपाधिका लागि मोरङ र सुनसरी भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा मोरङले संखुवासभालाई ३-० गोल अन्तरले पराजित गर्यो । मोरङका लागि भुवन बस्नेतले दुई र कैलाश बस्नेतले एक गोल गरे ।
विराटनगरको सहिद रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सुनसरीले १० खेलाडीमा समेटिएको भोजपुरलाई २-० गोलले पराजित गर्यो ।
सुनसरीका लागि मिलन राई र दिनेश राईले एक एक गोल गरे ।
भोजपुरका बेनुप राईले रातो कार्ड पाएका थिए ।
सहिद रंगशालामा हुने मोरङ र सुनसरीबीचको फाइनल शनिबार हुनेछ ।
उपाधिका लागि मोरङ र सुनसरी भिड्ने






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)