विकासलाई थप दुई स्वर्ण
काठमाडौं । नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले शुक्रबार थप दुई स्वर्ण प्राप्त गरेका छन् । विकासले पहिलो दिनको खेलमा दुई स्वर्ण जितेका थिए ।
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर ब्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनेट ३३.५३ सेकेन्ड समयका साथ दुई स्वर्ण जितेका हुन् । मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।
५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए ।
१०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते । उनले १ मिनेट ४.४५ सेकेन्ड समयका साथ दुरी पूरा गरे । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए ।
म्हिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सियारा सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाए । २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनेट ७.७८ सेकेन्डका साथ स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाईन् । १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनेट १.८५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाईन् ।
१०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाए । आर्याले उक्त दुरी १ मिनेट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाए ।
२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनेट ४३.५७ सेकेन्ड समयका साथ स्वर्ण जित्यो । यस्तै बागमती प्रदेशले रजत र एपिएफले कास्य जित्यो ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यन मन्त्री माननिय जीवन राम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

